Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २४ असोज २०८१
  • 123
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, जनकपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

    सडकमा हिँडिरहेको अवस्थामा सुप प्र ०१०१० प १७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय मणीराम सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमाल पालले जानकारी दिए ।



    बिहीबार अपराह्न ४ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सापकोटालाई घोडाघोडी अस्पतालमा पुर्‍याइएलगत्तै मृत घोषणा गरिएको थियो ।



    मोटरसाइकल चालक घोडाघोडी–१, बेलारका २५ वर्षीय खडक रेग्मी प्रहरीको नियन्त्रणमा रहेका पालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार