Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

बिहिवार , आश्विन २४, २०८१

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, जनकपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सडकमा हिँडिरहेको अवस्थामा सुप प्र ०१०१० प १७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय मणीराम सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमाल पालले जानकारी दिए ।

बिहीबार अपराह्न ४ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सापकोटालाई घोडाघोडी अस्पतालमा पुर्‍याइएलगत्तै मृत घोषणा गरिएको थियो ।

मोटरसाइकल चालक घोडाघोडी–१, बेलारका २५ वर्षीय खडक रेग्मी प्रहरीको नियन्त्रणमा रहेका पालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077