Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बिपद् घोषणा गरेर प्राधिकरणका सीईओ बेलायत भ्रमणमा, उद्वार छाडेर फेरि फिलिपिन्स जाँदै

बिपद् घोषणा गरेर प्राधिकरणका सीईओ बेलायत भ्रमणमा, उद्वार छाडेर फेरि फिलिपिन्स जाँदै

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेल विदेश भ्रमणमा गएको खुलेको छ ।

असोज ११ देखि १४ सम्म भीषण बर्षा हुने घोषणा गरेर सीईओ पोखरेल बेलायत घुम्न गएको खुलेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८१ असोज ११ देखि १४ सम्म भीषण बर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको थियो ।

भीषण बर्षाले ठूलो धनजनको क्षति गर्ने सूचना एक साता अघि जारी गरेर प्राधिकरणका सीईओ पोखरेल बेलायत भ्रमणमा निस्किएका थिए ।

अमेरिका भ्रमणबाट फर्किएपछि पनि उनी बिपद् समन्वयको कार्यमा तदारुकतासाथ लाग्नुपर्नेमा विकास साझेदारहरुसँग सहयोग माग गरेर अर्को देश घुम्ने तयारीमा रहेको स्रोतले बतायो ।

विपद् समन्वयको काम सून्य भएका बेला सीईओ पोखरेललाई भने विदेश सयरकोमात्रै चिन्ता रहेको छ । बर्षाले ठूलो क्षति हुने सूचना जारी गरेको प्राधिकरणका सीईओ भने अमेरिका सयर गरेर विपत्तिपछि मात्रै फर्किउका थिए ।

विपत्ति आउँदैछ भन्ने पूर्वजानकारी भएर पनि अमेरिका भ्रमणमा जानु विपद् ब्यवस्थापन प्राधिकरणका सीईओ पोखरेलको गैरजिम्मेवारीको पराकाष्टा नै हो।

देशमा बिपद् आउँदैछ भन्ने पूर्वजानकारी भएपछि संभावित क्षतिबाट रोक्नका लागि पहल गर्न छाडेर अमेरिका भ्रमणमा जाने पोखरेललाई सरकारले सामान्य स्पष्टीकरणसम्म सोधेको छैन।

विपद्पछि अमेरिकाबाट फर्किएका सीईओ पोखरेल सामान्य र नगए पनि हुने कार्यक्रमका लागि असोज २६ गते फिलिपिन्स जाँदैछन्। देशमा यत्रो बिपत्ति आएर कति नागरिक अझै बस्ने बास र खाने गाँस नपाएको अवस्था छ ।

तर बिपदसम्बन्धी मेलाको बहाना बनाएर उनी विदेश जाँदैछन् । प्राधिकरणका सीईओ पोखरेलले कतिसम्म लापरबाही गरेका छन् भन्ने उदाहरण जाजरकोटका भूकम्प पीडित नै हुन् ।

जाजरकोटका भूकम्प पीडितलाई घर निर्माणका लागि दोस्रो किस्ता रकम बितरण समेत नगरेर बारीमा बस्न बाध्य बनाउने काम प्राधिकरणले गरेको छ ।

दशैंमा समेत जाजरकोटका भूकम्पपीडित बारीमा बस्न बाध्य छन् । तर सीईओ पोखरेल भने प्राधिकरणको पैसामा बिदेश घुमघाम र मोजमस्तीमा ब्यस्त छन् । पोखरेललाई २०७६ मा केपी ओलीले प्राधिकरणको सीईओ नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077