Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दशैंका लागि उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

दशैंका लागि उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यकाबाट ८ लाखभन्दा धेरै यात्रु बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म ८ लाख यात्रु दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका हुन् ।

यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।

यस वर्षको दसैंमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

शुक्रबारसम्म दशैंका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्यांक आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077