Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते, चारको अवस्था गम्भीर

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते, चारको अवस्था गम्भीर

बिहिवार , आश्विन २४, २०८१

सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिकामा दुर्घटना भएको हो ।

लु २ ख ५००२ नम्बरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र १२ जना सामान्य रहेको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम पठाइएको छ । दुर्घटनापछि चालक सल्यान कुमाख ३ बस्ने २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077