Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

महोत्तरीमा एक युवतीको शव फेला

महोत्तरीमा एक युवतीको शव फेला

बिहिवार , आश्विन २४, २०८१

महोत्तरी। महोत्तरीको बर्दिवासस्थित टुटेश्वर मन्दिर नजिक एक युवतीको शव फेला परेको छ ।

बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर मन्दिर नजिक बुधबार अन्दाजी २१/२२ वर्षीया युवतीको शव फेला परेको हो।

बुधबार नै शव भेटिए पनि युवतीको पहिचान अझैसम्म खुलेको छैन । युवतीको सनाखतको प्रयास भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

शव र घटनास्थलको प्रकृतिले हत्या हुन सक्ने प्रहरीको अनुमान छ । युवतीको शवलाई पोष्टमार्टमका लागि बर्दिवास अस्पतालमा राखिएको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077