Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ट्रंकलाइनको बक्यौता बुझाउन ४९ उद्योगलाई कात्तिक ८ सम्मको 'अल्टिमेटम'

ट्रंकलाइनको बक्यौता बुझाउन ४९ उद्योगलाई कात्तिक ८ सम्मको 'अल्टिमेटम'

बिहिवार , आश्विन २४, २०८१

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ ।

प्राधिकरणले बिहीबार ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ ।

तोकिएको समयावधिभित्र महसुल नबुझाएमा कानूनबमोजिम कारबाही गर्ने प्राधिकरणको चेतावनी छ ।

सूचनामा भनिएको छ, 'तपसिलका उपभोक्ताहरूले उल्लिखित अवधिको वक्यौता विद्युत् महसुल मिति २०८१ साल कात्तिक ८ गतेभित्र बुझाउनुहुन जानकारी गराइन्छ । तोकिएको समयमा महसुल प्राप्त नभएमा कानूनबमोजिम असुलउपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।'

बुधबार ऊर्जमा मन्त्रालयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077