Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हर्ष बढाइँका साथ हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै

हर्ष बढाइँका साथ हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै

बिहिवार , आश्विन २४, २०८१

काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिँदै छ ।

सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँघरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।

फूलपाती भित्र्याउने चलन मुख्य गरी राजामहाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको बताइएको छ ।

फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ ।

नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077