Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भ्रष्टाचारमा बदनाम सहसचिव भट्टराईलाई अध्यागमन प्रमुखको जिम्मा

भ्रष्टाचारमा बदनाम सहसचिव भट्टराईलाई अध्यागमन प्रमुखको जिम्मा

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । लोकसेवा आयोगबाट शाखा अधिकृतमा पास गरेर पदस्थापन भएदेखि एकपछि अर्को विवाद र भ्रष्टाचारमा मुछिएका सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यायलय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएका छन् ।

शाखा अधिकृत पास भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियामा पदस्थापन भएका भट्टराईले भारतीयलाई नागरिकता दिएपछि विवादमा परेका थिए ।

एक दैनिक पत्रिकाका पत्रकारले भारतीयलाई नागरिकता दिएको समाचार प्रकाशित गरेपछि भट्टराईले धम्क्याएपछि उनी थप विवादमा परेका थिए । उपसचिव बढुवापछि तत्कालीन जिल्ला विकास समिति महोत्तरी, काठमाडौं लगायतको एलडीओ हुँदा पनि उनी भ्रष्टाचारमा मुछिएका थिए ।

२०७२ को विनाशकारी भूकम्प जाँदा उनी काठमाडौंको एलडीओ भट्टराई नै थिए । काठमाडौंका एलडीओ भएको समयमा गुणस्तरहीन त्रिपाल खरिद गरेको अभियोगमा उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

रवि लामिछाने पहिलो पटक २०७९ पुसमा गृहमन्त्री हुँदा राष्ट्रिय परिचपत्र छपाईमा बिचौलिया राखेर करोडौं कमिसन प्रकरणमा तत्कालीन गृहसचिव विनोदप्रकाश सिंहका मतियार भट्टराई नै थिए ।

राष्ट्रिय परिचयपत्र प्रकरणमा मुछिएका उनलाई नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएपछि मोरङको प्रमुख जिल्ला अधिकारीबाट कारबाहीस्वरुप तानिएको थियो ।

एकपछि अर्को विवादित र भ्रष्टाचारमा मुछिएका भट्टराईलाई अध्यागमनमा प्रमुख बनाएका छन् गृहमन्त्री लेखकले । सुरेश पन्थीलाई भिजिट भिसामा सेटिङ गरेको आरोप लगाएर लेखकले झन् विवादित भट्टराईलाई अध्यागमन प्रमुख बनाएका छन् ।

पन्थीलाई तानेर उनीभन्दा स्वच्छ छविका सहसचिवलाई पठाउनुपर्ने थियो । तर विगतका प्रमुख पुष्पकुमार शाहीलाई समेत भ्रष्टाचारमा माथ गर्ने भट्टराईलाई लेखकले अध्यागमनको जिम्मा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077