Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनमा समावेश गरिएको छ ।

भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका–५स्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा अवस्थित कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो ।

गत जेठ १६ गते सगरमाथा दिवसका अवसरमा आयोजित उक्त रेस्लिङ प्रतियोगितामा भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच भीडन्त भएको थियो । उक्त भीडन्तमा भगवती विजयी भएकी थिइन् ।

सोही कारण भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्डसमा समावेश गरिएको हो । वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक कार्यक्रमबीच प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077