Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पर्यटकले भरियो खुम्बु क्षेत्र, लुक्लामा एकैदिन २ सय उडान

पर्यटकले भरियो खुम्बु क्षेत्र, लुक्लामा एकैदिन २ सय उडान

बुधवार , आश्विन २३, २०८१

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले  यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन २ सय उडान भएका छन् । 

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मंगलबार रामेछापको मन्थली र काठमाडौंबाट १ सय ९८ वटा उडान भएका हुन् ।

हवाईजहाजले ६१ र हेलिकप्टरले १ सय ३९ उडान भरेका छन् । उक्त दिन १ हजार ५ सय ३९ जना पर्यटक  खुम्बु भित्रिएका छन् । हवाईजहाजबाट १ सय ६७ स्वदेशी र ६ सय ६७ जना विदेशी गरी ८ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उनले बताए । पर्यटक आगमनको याम शुरू भएकाले उडान सङ्ख्या अझै बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077