Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • पर्यटकले भरियो खुम्बु क्षेत्र, लुक्लामा एकैदिन २ सय उडान

    पर्यटकले भरियो खुम्बु क्षेत्र, लुक्लामा एकैदिन २ सय उडान

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 51
    SHARES

    सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले  यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन २ सय उडान भएका छन् । 

    नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मंगलबार रामेछापको मन्थली र काठमाडौंबाट १ सय ९८ वटा उडान भएका हुन् ।



    हवाईजहाजले ६१ र हेलिकप्टरले १ सय ३९ उडान भरेका छन् । उक्त दिन १ हजार ५ सय ३९ जना पर्यटक  खुम्बु भित्रिएका छन् ।



    हवाईजहाजबाट १ सय ६७ स्वदेशी र ६ सय ६७ जना विदेशी गरी ८ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उनले बताए ।
    पर्यटक आगमनको याम शुरू भएकाले उडान सङ्ख्या अझै बढ्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार