Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । यस वर्षको मनसुन काठमाडौँ उपत्यकाबाट बाहिरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागका साथै काठमाडौँ उपत्यकाबाट मङ्गलवारदेखि बाहिरिएको हो।

महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ।

हाल कोशी प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको बताइएको छ । यस वर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077