Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

    काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 99
    SHARES

    फाइल फोटो

    काठमाडौं । यस वर्षको मनसुन काठमाडौँ उपत्यकाबाट बाहिरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागका साथै काठमाडौँ उपत्यकाबाट मङ्गलवारदेखि बाहिरिएको हो।



    महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ।



    हाल कोशी प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको बताइएको छ । यस वर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार