Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • उपत्यकाबाट चाडबाड मनाउन सडकबाट १० लाख यात्रु बाहिरिँदै

    उपत्यकाबाट चाडबाड मनाउन सडकबाट १० लाख यात्रु बाहिरिँदै

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 54
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि पाँच दिनसम्म चार लाख २४ हजार यात्रु बाहिरिएका हुन् ।



    २४ घण्टामा झन्डै एक लाख यात्रु राजमार्ग भएर बाहिरिरहेका छन् । उक्त सङ्ख्या फूलपातीका दिनसम्म अझ बढ्न सक्ने ट्राफिक प्रहरी कार्यालयको दाबी छ ।



    मङ्गलबार, बुधबार र बिहीबार धेरै सङ्ख्यामा यात्रु बाहिरिने भएकाले ट्राफिक व्यवस्थापन पनि सोही अनुसार गरिएको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार