Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

उपत्यकाबाट चाडबाड मनाउन सडकबाट १० लाख यात्रु बाहिरिँदै

उपत्यकाबाट चाडबाड मनाउन सडकबाट १० लाख यात्रु बाहिरिँदै

बुधवार , आश्विन २३, २०८१

काठमाडौँ । चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि पाँच दिनसम्म चार लाख २४ हजार यात्रु बाहिरिएका हुन् ।

२४ घण्टामा झन्डै एक लाख यात्रु राजमार्ग भएर बाहिरिरहेका छन् । उक्त सङ्ख्या फूलपातीका दिनसम्म अझ बढ्न सक्ने ट्राफिक प्रहरी कार्यालयको दाबी छ ।

मङ्गलबार, बुधबार र बिहीबार धेरै सङ्ख्यामा यात्रु बाहिरिने भएकाले ट्राफिक व्यवस्थापन पनि सोही अनुसार गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077