Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • चीनसँग सीमा जोडिएको तातापानीसहित २० ठाउँमा हाल्ने बेलीब्रिज भारतबाट ल्याइने

    चीनसँग सीमा जोडिएको तातापानीसहित २० ठाउँमा हाल्ने बेलीब्रिज भारतबाट ल्याइने

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 87
    SHARES

    काठमाडौं। सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी गरेको हो ।

    भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जानकारी गराए ।



    सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न पुगेका मन्त्री दाहालले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको समेत बताए ।



    सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन दाहालसहित तीन मन्त्री आज सदरमुकाम चौतारा पुगेका थिए । बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन दाहालसहित गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानवीर राई सिन्धुपाल्चोक पुगेका हुन् ।

    उनीहरु सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रको अवलोकन गरेर चौतारा पुगेका हुन् ।

    संघीय सरकारका मन्त्रीसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्‍याएको क्षतिबारे छलफल भएको थियो । मन्त्रीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गरेका थिए ।

    सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिएका थिए । उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन समेत निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार