Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • राष्ट्रपतिसँग टीका लगाउने समय ३ देखि ५ बजेसम्म

    राष्ट्रपतिसँग टीका लगाउने समय ३ देखि ५ बजेसम्म

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 72
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको दिन सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।

    मंगलबार राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै टीका लगाउने समयतालिका सार्वजनिक गरेको छ ।



    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीका अनुसार ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिहरुका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिनेछन् ।



    उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, प्रदेश प्रमुख, न्यायधीश, संवैधानिक निकायका पदाधिकारी र निजामती, जंगी तथा प्रकरीतर्फका अधिकृतस्तरका कर्मचारीलाई ३ देखि साढे ३ बजेसम्म राष्ट्रपतिले टीका लगाइदिएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार