Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • मेलम्चीको पानी आजदेखि उपत्यकामा वितरण सुरु

    मेलम्चीको पानी आजदेखि उपत्यकामा वितरण सुरु

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 111
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु भएको छ ।

    खानेपानीमन्त्री प्रदीप यादवले आज सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको सुरूवात गरेका हुन्।



    सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले उपत्यका खानेपानी लिमिटेडका विभिन्न पानी बितरण शाखामा पानी पठाइएको हो ।



    ती शाखाहरुबाट पानी बितरण प्रक्रिया सुरु गरीने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौंमा पानी पठाउने विषयमा सहमति भएको थियो ।

    उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार