Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मेलम्चीको पानी आजदेखि उपत्यकामा वितरण सुरु

मेलम्चीको पानी आजदेखि उपत्यकामा वितरण सुरु

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले आज सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको सुरूवात गरेका हुन्।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले उपत्यका खानेपानी लिमिटेडका विभिन्न पानी बितरण शाखामा पानी पठाइएको हो ।

ती शाखाहरुबाट पानी बितरण प्रक्रिया सुरु गरीने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौंमा पानी पठाउने विषयमा सहमति भएको थियो ।

उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077