Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

धौलागिरिमा हराएका पाँच रूसी नागरिकको मृत्यु

धौलागिरिमा हराएका पाँच रूसी नागरिकको मृत्यु

मंगलवार , आश्विन २२, २०८१

म्याग्दी । धौलागिरी हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतरोही मृत भेटिएका छन्।

धौलागिरी हिमालको हाइक्याप आधार शिविरबाट आइतबारदेखि हराएका रसियाका आरोहीहरूको शव सात हजार एक सय मिटरको उचाइमा भेटिएको हो।

रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

हाइक्यापमा बास बसेर त्यहाँदेखि माथि जाने क्रममा आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका पर्वतारोहीहरूको हेलिकोप्टरमार्फत खोजी गर्ने क्रममा मृत भेटिएका हुन्।

घटनास्थलबाट हेलिकोप्टरमार्फत शव ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077