Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आरोहणका लागि थप ५७ हिमाल खुला गर्ने सरकारको निर्णय

आरोहणका लागि थप ५७ हिमाल खुला गर्ने सरकारको निर्णय

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । सरकारले थप ५७ वटा हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको हो ।

अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

सञ्चारमन्त्री गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका थप हिमालहरुको आरोहणका लागि अनुमति दिने निर्णय पनि गरिएको बताए।

त्यस्तै, सरकारले २०८१ कार्तिक १९ देखि २३ सम्म इजिप्टको कायरोमा आयोजना हुने वल्र्ड अरबान फोरम सम्मेलनमा सहभागी हुनका लागि उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पठाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077