Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु

मंगलवार , आश्विन २२, २०८१

कञ्चनपुर । जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेलौरी नगरपालिका-६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी हुन्।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बेलौरी नगरपालिका-५ स्थित पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको हो।

सोमबार राति साढे १ बजेतिर नाचगान हेरेर चौधरी र उनका अन्य दुई साथी एउटै मोटरसाइकलमा घर फर्किंदै थिए।

त्यसैबेला उनीहरूलाई हात्तीले आक्रमण गरेको हो। चौधरीका दुई साथीले भागेर ज्यान जोगाएका छन्। से ४ प ८६१८ नम्बरको उक्त मोटरसाइकल उमेशले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077