Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु

    कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 69
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा बेलौरी नगरपालिका-६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी हुन्।



    इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बेलौरी नगरपालिका-५ स्थित पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको हो।



    सोमबार राति साढे १ बजेतिर नाचगान हेरेर चौधरी र उनका अन्य दुई साथी एउटै मोटरसाइकलमा घर फर्किंदै थिए।

    त्यसैबेला उनीहरूलाई हात्तीले आक्रमण गरेको हो। चौधरीका दुई साथीले भागेर ज्यान जोगाएका छन्। से ४ प ८६१८ नम्बरको उक्त मोटरसाइकल उमेशले चलाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार