Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • दुई महिनामा २ खर्ब ३७ अर्बको व्यापार घाटा

    दुई महिनामा २ खर्ब ३७ अर्बको व्यापार घाटा

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 33
    SHARES

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँको व्यापार घाटा भएको छ ।

    भन्सार विभागका अनुसार सबैभन्दा बढी व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग १ खर्ब ४४ अर्ब ६६ करोड ८७ लाखको व्यापार घाटा रहेको छ । चीनसँग भने ५१ अर्ब ८० करोड ३९ लाख रुपैयाँको व्यापार घाटा रहेको छ ।



    अधिक व्यापार घाटा रहेका मुलुकमध्ये युद्धग्रस्त देश युक्रेन तेस्रो स्थानमा रहेको छ । युक्रेनसँग ४ अर्ब ७१ करोड ८ लाख ५६ हजार रुपैयाँ रहेको छ ।



    चालू आवको साउन र भदौमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँको आयात भएको छ । यसबीचमा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँको निर्यात भएको छ ।

    दुई महिनामा १ दशमलव ८ प्रतिशतले आयातमा वृद्धि भएको छ भने निर्यातमा ५ दशमलव १२ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको साउन र भदौमा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ व्यापार घाटा रहेकामा अहिले २ खर्ब ३७ अर्ब पुगेको छ ।

    गत वर्षभन्दा यस वर्ष आयातमा सामान्य वृद्धि भएको छ भने निर्यातमा १ अर्ब रुपैयाँभन्दा बढीले कमी आएको छ । कुल व्यापारको ९१ दशमलव २८ प्रतिशत आयातको हिस्सा रहेको छ भने ८ दशमलव ७२ प्रतिशत रहेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार