Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • आजको मौसम : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 234
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।



    कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार