Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एकल अंकले घट्यो नेप्से, चार अर्बको कारोबार

एकल अंकले घट्यो नेप्से, चार अर्बको कारोबार

मंगलवार , आषाढ २, २०८३

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.३१ अंकले घटेको छ।

साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेप्से एकल अंकले घटेको हो। 

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.२३ प्रतिशतले घटेको नेप्से २७०५.४५ विन्दुमा रोकिएको छ।

नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

नेप्सेमा मंगलबार ३५५ कम्पनीको ४८ हजार ११६ पटकको कारोबारमा एक करोड सात लाख आठ हजार ५९६ कित्ता सेयर किनबेच भए। जसअनुसार चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको कारोबार भयो। सोमबार भने चार अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज ८० कम्पनीका मात्र सेयरमूल्य बढे। १७७ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १५ कम्पनीका सेयरमूल्य स्थिर रहे।  १३ समूहको कारोबार भएकामा म्युचुअल फन्ड र व्यापार समूहको सूचक मात्र बढे भने बाँकी ११ समूहका सूचक घटे।

जसअनुसार वाणिज्य बैंक ०.३२‚ विकास बैंक ०.४२‚ फाइनान्स ०.६२‚ होटेल तथा पर्यटन ०.१६‚ जलविद्युत् ०.२८‚ लगानी ०.२७‚ जीवन बिमा ०.२०‚ उत्पादन तथा प्रशोधन ०.१४ र लघुवित्त समूहको सूचक ०.११ प्रतिशतले घटे। म्युचुअल फन्ड समूहको सूचक ०.०५ प्रतिशतले बढ्यो भने निर्जीवन बिमा ०.४० र अन्य समूहको सूचक ०.०६ प्रतिशतले घट्यो। यसैगरी व्यापार समूहको उपसूचक भने ०.३१ प्रतिशले बढ्यो।

नेप्सेमा आज पनि सोपान फर्म्यास्युटिकल्स लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे।  सोमबार सोपानका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरेका थिए। यस्तै सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.९० प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज पनि आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। यसको ३१ करोड ९९ लाख ४५ हजार ९५ रुपैयाँको कारोबार भयो। सोमबार यसको ३८ करोड ८५ लाख ६ हजार ४७३ रुपैयाँको कारोबार भएको थियो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज कुमारी धनवृद्धि योजना ९म्युचुअल फन्ड० अगाडि रह्यो। मंगलबार यसको १० लाख ६३ हजार ८५० युनिट सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतियुनिट ११.२५ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077