Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए प्रमुख प्रशासकीय अधिकृत परियार

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए प्रमुख प्रशासकीय अधिकृत परियार

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहसचिव प्रदीप परियारलाई बिदाइ गरिएको छ ।

शुक्रबार नगर प्रमुख बालेन शाहले एक कार्यक्रमकाबीच सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत परियारको बिदाइ गरेका हुन् ।

महानगरमा ७ महिना २५ दिन प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारले ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाएर बिदाइ भए ।

मन्त्रिपरिषद्‌ बैठकले परियारलाई २०८० माघ ३ गते काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको थियो ।
महानगरका प्रशासकीय अधिकृत परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । अब काठमाडौं महानगरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईं हाकिम बनेर जाने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077