अछाम । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साँफेबगर उपशाखाले अछामको चौरपाटी गाउँपालिका-२ स्थित दशपल्लेपानी माविमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
सातौं वार्षिक उत्सवको अवसरमा शुक्रबार इन्स्योरेन्सले एक कार्यक्रमकाबीच ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कापी र कलम वितरण गरेको हो ।
वडा नम्बर २ का अध्यक्ष रण बहादुर साउदको उपस्थितीमा छात्र/छात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको बताइएको छ ।
यस्तै शैक्षिक सामाग्री वितरण कार्यक्रममा अध्यक्ष रण बहादुरसहित निमित्त प्रअ शिव बहादुर ऐडी, साँफेबगर उपशाखा प्रमुख भोज बहादुर बोहरा, इन्स्योरेन्स कम्पनीका मार्केटिङ् म्यानेजर निर्माण साउँद लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
साथै शैक्षिक सामाग्री वितरण कार्यक्रममा जीवन वीमाको महत्व तथा सुविधाको बारेमा पनि चर्चा गरिएको थियो ।
Leave a Reply