Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा दशपल्लेपानी माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा दशपल्लेपानी माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

शुक्रवार , आश्विन ४, २०८१

अछाम । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साँफेबगर उपशाखाले अछामको चौरपाटी गाउँपालिका-२ स्थित दशपल्लेपानी माविमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

सातौं वार्षिक उत्सवको अवसरमा शुक्रबार इन्स्योरेन्सले एक कार्यक्रमकाबीच ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कापी र कलम वितरण गरेको हो ।

वडा नम्बर २ का अध्यक्ष रण बहादुर साउदको उपस्थितीमा छात्र/छात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको बताइएको छ ।

यस्तै शैक्षिक सामाग्री वितरण कार्यक्रममा अध्यक्ष रण बहादुरसहित निमित्त प्रअ शिव बहादुर ऐडी, साँफेबगर उपशाखा प्रमुख भोज बहादुर बोहरा, इन्स्योरेन्स कम्पनीका मार्केटिङ् म्यानेजर निर्माण साउँद लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

साथै शैक्षिक सामाग्री वितरण कार्यक्रममा जीवन वीमाको महत्व तथा सुविधाको बारेमा पनि चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077