Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पेज लामो पूर्णप्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाले छानबिन समितिको प्रतिवेदन वेबसाइटमा सार्वजनिक गरेको छ।

छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।

छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ ।

पूर्णप्रतिवदेन यहाँबाट डाउनलोड गरेर हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077