Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • घटस्थापना अघि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

    घटस्थापना अघि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 24
    SHARES

    काठमाडौं । काठमाडौंका बासिन्दाले दशैँको घटस्थापना अघि मेलम्चीको पानी पाउने भएका छन् ।

    दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले दिएको निर्देशनअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको हो ।



    काठमाण्डौमा जतिसक्दो चाँडो मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । अहिले काठमाण्डौमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत गर्ने काम भइरहेको छ ।



    वर्खायाम शुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाण्डौ उपत्यकामा गएको असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार