Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

घटस्थापना अघि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

घटस्थापना अघि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । काठमाडौंका बासिन्दाले दशैँको घटस्थापना अघि मेलम्चीको पानी पाउने भएका छन् ।

दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले दिएको निर्देशनअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको हो ।

काठमाण्डौमा जतिसक्दो चाँडो मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । अहिले काठमाण्डौमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत गर्ने काम भइरहेको छ ।

वर्खायाम शुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाण्डौ उपत्यकामा गएको असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077