Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान र दुई राजदूतविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान र दुई राजदूतविरुद्ध उजुरी आह्वान

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित बेल्जियमका लागि राजदूत सेवा लम्साल र अष्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी आह्वान भएको छ ।

संसदीय सुनुवाइका लागि सुनुवाइ समितिले १० दिनको समय दिएर शुक्रबार उजुरी आह्वान गरेको हो।

‘उहाँहरूलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी पठाइदिनुहुन समेत अनुरोध छ’, समितिको सूचनामा उल्लेख छ ।

उजुरी सोझै समितिको सचिवालयमा वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पनि पठाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077