Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान र दुई राजदूतविरुद्ध उजुरी आह्वान

    प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान र दुई राजदूतविरुद्ध उजुरी आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 132
    SHARES

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित बेल्जियमका लागि राजदूत सेवा लम्साल र अष्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी आह्वान भएको छ ।

    संसदीय सुनुवाइका लागि सुनुवाइ समितिले १० दिनको समय दिएर शुक्रबार उजुरी आह्वान गरेको हो।



    ‘उहाँहरूलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी पठाइदिनुहुन समेत अनुरोध छ’, समितिको सूचनामा उल्लेख छ ।



    उजुरी सोझै समितिको सचिवालयमा वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पनि पठाउन सकिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार