Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान

पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान

शुक्रवार , आश्विन ४, २०८१

कञ्चनपुर । पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् ।

यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थलको भ्रमण नगरी काठमाडौँ र पोखरातर्फ लाग्ने गरेका छन्।

अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधैँ काठमाडौँ पोखरालगायत सहर घुम्न जाने गरेको बताए। ‘अहिले विदेशी पर्यटक आउने सङ्ख्या बढेको छ’, उनले भने, ‘गत वर्षको तुलनामा यो वर्ष विदेशी पर्यटक आउनेक्रम बढेको छ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटन विकासको सम्भावयुक्त क्षेत्र हो। सयौँको सङ्ख्यामा देखिने बाह्रसिङ्गाको झुण्ड र घाँसेमैदान यहाँ आउने पर्यटकको मुख्य आकर्षण हन्।

यहाँ शुक्लाफाँटा मात्र नभई महाकालीपारिका दोधारा र चाँदनी गाउँलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल पनि छ। धार्मिक महत्वका पर्यटकीयस्थल पनि छन्। बेदकोट र झिलीमिली तालसम्म सहज पहुँच नहुँदा यी क्षेत्र ओझेलमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077