Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार , आश्विन २, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।

मंगलबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077