Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • दुई महिनाको सरकारी बजेट खर्च सात प्रतिशत

    दुई महिनाको सरकारी बजेट खर्च सात प्रतिशत

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 90
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कुल विनियोजनको ७.३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख बराबर बजेट खर्च भएको हो ।



    चालु आवका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो ।



    यो अवधिमा चालुतर्फ ७.२८ प्रतिशत अर्थात् ८२ अर्ब ९८ करोड ६५ लाख बराबर खर्च भएको छ ।

    चालु आवका लागि सरकारले चालु शीर्षकमा ११ अर्ब ४० करोड ६६ लाख ४५ हजार बराबर विनियोजन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार