Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।

सोमबार प्रतितोला पाँच सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

सोमबारको उक्त मूल्य हालसम्मकै उच्च हो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077