Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सुदूरपश्चिम सरकारले ल्यायो बजेट ३१ अर्ब ६२ करोडको बजेट

    सुदूरपश्चिम सरकारले ल्यायो बजेट ३१ अर्ब ६२ करोडको बजेट

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 234
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले सोमबार प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

    जसको चालूतर्फ ४०.६५ प्रतिशत अर्थात १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ ५९.३२ अर्थात १८ अर्ब ७६ करोड २४ लाख रहेको हो ।



    तत्कालीन आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले असार १ गते पनि ३१ अर्ब ६२ करोड ९८ हजार बराबरकै बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।



    असार १ गते प्रस्तुत बजेट राजनीतिक फेरबदलले फेल भएपछि प्रदेश सरकारले पुनः बजेट ल्याएको हो ।

    त्यसबेला नेकपा एमालेले सरकार छोडेपछि अल्पमातमा परेका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अध्यादेश मार्फत बजेट पारित गर्ने खोजेका थिए तर प्रदेश प्रमुखको साथ नपाउँदा अध्यादेश ल्याउने विकल्प समेत बन्द भएको थियो ।

    त्यसपछि साउन १८ गते सोडारीले बहुमत नपुग्ने भएकाले मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार