Online Nepal
  • बुधबार, २ असोज २०८१
  • एक वर्षमै ४१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    एक वर्षमै ४१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 261
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गत वर्ष भदौ २६ गते प्रतितोला एक लाख १२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर एक लाख ५३ हजार चार सय रुपियाँ पुगेको छ ।

    एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।



    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशतमा पु(याएकाले पनि सुनको मूल्य थप महँगो पर्न गएको व्यवसायीको भनाइ छ ।



    भन्सार दर बढेका कारण तोलामा सुनको मूल्य सात हजार थप बढ्न गएको व्यवसायीको भनाइ छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार