Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारभित्रै झन्डै डेढ सय कर्मचारी बेकामे

सिंहदरबारभित्रै झन्डै डेढ सय कर्मचारी बेकामे

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै विभिन्न मन्त्रालय तथा निकायमा झन्डै डेढ सय कर्मचारी दरबन्दीबाहेकमा बेकामे भएर बसिरहेको पाइएको छ ।

सरकारले उनीहरूलाई दरबन्दी भएकै निकायमा पठाउन नसक्दा समस्या देखिएको छ। अन्यत्र सरुवा भएका ती कर्मचारीले रमाना नलिई अटेर गर्दै मन्त्रालय तथा विभिन्न निकायमा हाजिर गर्ने र त्यसै घर फर्कने गरिरहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सिंहदरबारभित्र रहेका २० वटा मन्त्रालयमध्ये अधिकांश मन्त्रालयमा ५–६ जना उपचिव र ६–७ जना शाखा अधिकृतहरूलाई दरबन्दीबाहेकमा राखिएको छ ।

ती कर्मचारीहरूले मन्त्रालयमा कुनै जिम्मेवारी नलिने र हाजिर गर्दै फर्कने गरेका हुन् । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077