Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सिंहदरबारभित्रै झन्डै डेढ सय कर्मचारी बेकामे

    सिंहदरबारभित्रै झन्डै डेढ सय कर्मचारी बेकामे

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 258
    SHARES

    काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै विभिन्न मन्त्रालय तथा निकायमा झन्डै डेढ सय कर्मचारी दरबन्दीबाहेकमा बेकामे भएर बसिरहेको पाइएको छ ।

    सरकारले उनीहरूलाई दरबन्दी भएकै निकायमा पठाउन नसक्दा समस्या देखिएको छ। अन्यत्र सरुवा भएका ती कर्मचारीले रमाना नलिई अटेर गर्दै मन्त्रालय तथा विभिन्न निकायमा हाजिर गर्ने र त्यसै घर फर्कने गरिरहेका छन्।



    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सिंहदरबारभित्र रहेका २० वटा मन्त्रालयमध्ये अधिकांश मन्त्रालयमा ५–६ जना उपचिव र ६–७ जना शाखा अधिकृतहरूलाई दरबन्दीबाहेकमा राखिएको छ ।



    ती कर्मचारीहरूले मन्त्रालयमा कुनै जिम्मेवारी नलिने र हाजिर गर्दै फर्कने गरेका हुन् । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार