Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077