Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • श्रीमतीको नाममा डलरमा घुस बुझ्ने अधिकारी ११औं तहमा बढुवा सिफारिस

    श्रीमतीको नाममा डलरमा घुस बुझ्ने अधिकारी ११औं तहमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २९ साउन २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भ्रष्टाचारमा मुछिएका पूर्व प्रबन्धक निर्देशक (एमडी) डिल्लीराम अधिकारी ११ औं तहमा बढुवा सिफारिस भएका छन् ।

    अधिकारीमाथि श्रीमतीको नाममा विदेशमा डलरमा घुस लिएकोलगायतका प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।



    तत्कालिन सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले १०औं तहमा कार्यरत रहेका बेला सिनियरहरु हुँदाहुँदै जुनियर अधिकारीलाई एमडी बनाएका थिए ।



    तर, एमडीको कार्यकाल सकिएपछि पनि उनी १०औं तहमा फर्किएर काम गर्दै आइरहेका थिए । अहिले भने उनी ११ औं तहमा बढुवा सिफारिस भएका हुन् ।

    अधिकारी त्यस्ता व्यक्ति हुन्, जसले घुसबापतको रकम श्रीमतीको नाममा डलरमा लिएको समेत फेला परेको थियो । अधिकारीकी पत्नी इन्दु ढकालको नाममा जापानको ओसन टेक्नोलोजी लिमिटेडले घुसबापत हरेक महिना २ हजार ९२४ डलर पठाएको भौचर फेला परेपछि उनी अख्तियारको छानविनमा तानिएका हुन् ।

    अख्तियारले अधिकारी र उनकी पत्नीसँग पटकपटक बयान लिइसकेको स्रोतको भनाई छ ।

    ‘‘अधिकारीले टेलिकमको इन्टरनेसनल बिजनेसको प्रमुखको जिम्मेवारी सम्हाल्दा सो सम्झौता गराएका थिए । त्यसबापत मासिक रूपमा ओसन टेक्नोलोजीले उनकी पत्नी इन्दुको खातामा रकम जम्मा गरिदिने गरेको थियो ।”

    जापानको ओसन टेक्नोलोजी लिमिटेडसँग अन्तर्राष्ट्रिय आगमन कल (इन्टरनेसन इन्कमिङ कल) को आम्दानी बाँडफाँटमा नेपाल टेलिकमलाई कम शुल्क दिनेगरी सम्झौता गरेर अधिकारीले टेलिकमलाई घाटा पुर्याइ व्यक्तिगत लाभ लिएका थिए ।

    अधिकारीले पत्नीका नाममा ओसन टेक्नोलोजी लिमिटेड जापानबाट मासिक रुपमा लिएको उक्त रकमको भौचर फेला परेपछि अख्तियारले दुबैको बैंक खाता झिकाएर छानविन गरिरहेको छ ।

    अधिकारीले टेलिकमको इन्टरनेसनल बिजनेसको प्रमुखको जिम्मेवारी सम्हाल्दा सो सम्झौता गराएका थिए । त्यसबापत मासिक रूपमा ओसन टेक्नोलोजीले उनकी पत्नी इन्दुको खातामा रकम जम्मा गरिदिने गरेको थियो ।

    यसरी उनले दुई देशबीच इन्टरनेसनल इन्कमिङ कलको आम्दानी बाँडफाँड गर्दा टेलिकमलाई करोडौं रूपैयाँ घाटा पुर्याएका थिए ।

    अधिकारी सन् २०१२ देखि २०१५ सम्म टेलिकमको अन्तर्राष्ट्रिय व्यापार हेर्ने शाखाका प्रमुख रहेका बेला उक्त सम्झौता भएको थियो ।

    अख्तियारले जापान मात्र नभई हङकङ, सिंगापुर र दुबईमा अधिकारी पत्नीले खाता खोलेको हुन सक्नेतर्फ पनि अनुसन्धान गरिरहेको छ ।

    त्यसो त टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलले भ्रष्टाचार गरेको रकम सिंगापुरमा राखेको खुलेपछि उनलाई पनि अख्तियारले पक्राउ गरी मुद्दा चलाइसकेको छ । हाल उनी कारागारमा छन् ।

    संगिता पहाडी पनि छानविनमा
    नेपाल टेलिकमकी निमित्त प्रवन्ध निर्देशक संगिता पहाडी पनि विलिङ सफ्टवेयर घोटला प्रकरणमा अख्तियारमा बयान दिइरहेकी छन् ।

    उनै पहाडीले अधिकारीलाई बढुवाका लागि सिफारिस गरेकी हुन् । स्रोतका अनुसार पहाडी आफू एमडी हुन नसके अधिकारीलाई पुनः एमडी बनाउन चाहन्छिन् । अधिकारीकै पालामा भएका कतिपय टेण्डरका शर्तहरु अहिले सदर भइरहेका छन् ।

    अधिकारी अख्तियारको कारबाहीमा परेको खण्डमा पहाडी पनि तानिने निश्चित छ । पहाडी भने अहिले कन्फर्म एमडी बन्न श्रीमान विश्वबन्धु पहाडीमार्फत राजनीतिक दलका शिर्ष नेताहरुको घर–घरमा पुग्ने गरेकी छन् ।

    पहाडी निमित्त प्रबन्ध निर्देशक बनेपछि हुवावे सिंगापुरलाई इन्टरकनेक्शन बीओआई एन्ड एसेसरिज टेन्डर र एमएपी इन्टरप्रेनर्सलाई अप्टिकल फाइबर टुल्स र अप्टिकर फाइबर टुल्स एसेसरिज टेन्डरहरु सदर गराई ठूलो घोटालामा मुछिएकी थिइन् ।

    यी सबै टेण्डरहरुमा एउटै कम्पनीको मात्र स्पेशिफिकेशन मिल्ने गरी कागजात बनाइएको प्रकरणमा अख्तियारले छानविन गरिरहेको छ । अख्तियारको छानविनका क्रममा पहाडीसहित टेलिकमका धेरै अधिकारीहरुमाथि बयान लिइसकेको छ ।

    त्यस्तै एशिया इन्फोको पुरानो बिलिङलाई पाँच वर्षका लागि एएमएस एक्स्टेन्सनको सम्झौता गर्दा पनि ठूलो आर्थिक चलखेल भएको थियो । जुन प्रकरणमा पहाडीसहित ४२ जना कर्मचारी मुछिएका छन् ।

    पहाडी चिफ कमर्शियल अफिसर (सीसीओ) छँदा एएमएस एक्स्टेन्सन हुँदा बिलिङको पुननिर्माणको काम गराएकी थिइन् ।

    पहाडीले एएमएस विथ अपग्रेड खरिद गर्ने सम्बन्धी समितिहरु रिभ्यु एमओएम, रिभ्यु स्वीकृति तथा संचालक समितिमा पेश गर्ने टिप्पणीमा निर्णय गरेकी थिइन् । अख्तियारले यी सबै कागजातहरु झिकाएर छानविन गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार