Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सेयर बजार ७० अंकले बढ्दा २७ अर्ब २४ करोडको कारोबार

सेयर बजार ७० अंकले बढ्दा २७ अर्ब २४ करोडको कारोबार

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । साताको दोस्रो बारेबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से ७० अंकले बढेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.८१ अंक बढेर २९३१ अंकमा कायम भएको हो ।

यो अंक ३० महिनायताकै उच्च हो । कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार नै तोडिएको छ ।

यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो ।

यस दिन बजारमा ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयरको खरिदबिक्री हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन आइतबार मात्रै नेप्से परिसूचक ९४.५३ अङ्कले बढेर २८६० को बिन्दुमा कायम भएको थियो ।

जहाँ ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयरको खरिदबिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार रुपैयाँको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077