Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौतापत्रमा हस्ताक्षर

    माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौतापत्रमा हस्ताक्षर

    अनलाइन नेपाल
  • आइतबार, २७ साउन २०८१
  • 252
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) झापासँग सम्झौता गरेको छ ।

    विशेष बैंकिङ सेवा प्रदान गर्ने विषयमा व्यावसायिक सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका सहायक महाप्रबन्धक भरतकुमार लम्साल र इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले हस्ताक्षर गरेका हुन् ।



    इक्यान झापामा आवद्ध परामर्शदातालाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवाहरू सरल र सहज रुपमा उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।



    साथै इक्यान झापामा आवद्ध परामर्शदाताको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्ट मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका सेवा पाउने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार