Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • भ्रष्टाचारले गन्हाएका लम्साललाई खाद्यको प्रमुख बनाउँदै सरकार

    भ्रष्टाचारले गन्हाएका लम्साललाई खाद्यको प्रमुख बनाउँदै सरकार

    अनलाइन नेपाल
  • शनिबार, २६ साउन २०८१
  • 636
    SHARES

    काठमाडौं । मानव जीवनको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने खाद्य बस्तु नै कम गुणस्तरको खरिद गरी करोडौं रुपैयाँ हिनामिनाको आरोप लागेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त प्रमुख डिल्लीराज लम्साललाई सरकारले उल्टै पुरस्कृत गर्ने भएको छ ।

    लम्सालमाथि भारतबाट लुकाई छिपाई क्यारिङ गरेर ल्याइएको कमसल गुणस्तरणको चामल खरिद गरि कर्णाली र सुदुरपश्चिमका दूर्गम गाउँहरुमा पठाएको आरोप लागेको छ ।



    नेपालगञ्ज र धनगढीका सप्लायर्स कमल शाहसँग मिलेर भारतबाट अवैध रुपमा भित्र्याइएको कम गुणस्तरका चामल लम्सालले कर्णाली र सुदुरपश्चिमका दूर्गम गाउँहरुमा पठाएका थिए ।



    स्रोतका अनुसार अबको मन्त्रीपरिषद बैठकले लम्साललाई कम्पनिको प्रमुखमा नियुक्त गर्नेछ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक सहसचिव भन्छन्–‘लम्सालले ३ करोडमा डिल गरिसकेका छन् गएको सोमबारकै मन्त्रीपरिषदबाट लम्साललाई नियुक्ती गर्ने तयारी भइसकेको थियो । तर, उद्योग मन्त्री भारत भ्रमणमा निस्केका कारण रोकिएको हो ।’

    लम्साल त्यस्ता पात्र हुन्, जो खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा भ्रष्टाचारीमा सबैभन्दा बढि वद्नाम छन् । त्यसो त उनी अञ्चल कार्यालय धनगढिको प्रमुख हँुदा पनि विवादमा परेका व्यक्ति हुन् । लम्साल धनगढिको प्रमुख हुँदा सरकारको समर्थन मूल्यमा किसानको धान खरिद नगरि व्यापारिबाट मोटो कमिसन लिएर धान खरिद गरी सरकारी रकम हिनामिना गरेको स्रोतको दावी छ ।

    सँधै खरिद, ढुवानी, निर्माण तथा सम्पत्ति र प्रसासन जस्ता आकर्षक विभागहरुमा मात्रै बसेर काम गरेका १०औं तहका कर्मचारी लम्सालमाथि राज्यलाई हानी नोक्सानी पुर्याई अकुत सम्पत्ति कमाएको आरोप पनि लाग्दै आएको छ ।

    शाखा, अञ्चल र विभिन्न विभागको विभागीय प्रमुख हुँदा राज्यलाई नोक्सानी पुर्याई अकुत सम्पत्ति जम्मा गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी नै परेको छ ।

    उजुरीमा लम्साल डोल्पा जिल्लामा कार्यरत रहँदा नेपालगञ्ज र तुलसीपुर दाङबाट खच्चडबाट डुबानी हुने मालवस्तुहरु तराई मै बेच्न लगाई डोल्पा नपुर्याएको तर दाखिला कागज बनाई ढुवानी भुक्तानी गरेर करोडौं आर्थिक हिनामिना गरको उल्लेख छ ।

    त्यसैगरी कैलाली धनगढीमा अञ्चल प्रमुख हुँदा टिकापुर भजनी, सतीमा धान खरिद गर्दा नेपाल सरकारले तोकेको समर्थन मूल्यमा उत्पादक किसानसँग खरिद गर्नु पर्नेमा व्यापारीसँग मिलेर किसानको नक्कली अभिलेख बनाई प्रति क्वीन्टल पाँच सय कमिसन खाई ७० हजार क्वीन्टल धान खरिद गरेको पनि उल्लेख छ ।

    त्यस्तैै लम्साल प्रशासन प्रमुख हुँदा कर्मचारी छनौटमा पनि त्रुटि भएको उजुरीमा उल्लेख छ ।

    गत माघमा परेको उजुरीमाथि अख्तियारले भित्रभित्रै छानविन शुरु गरिसकेको छ भने सतर्कता केन्द्रले त गत चैतमा नै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पत्र पठाइ राय माग गरिसकेको छ ।

    २०८० चैत २८ गते सतर्कताले कम्पनीमा पठाएको पत्रमा भनिएको छ–‘प्रस्तुत विषयको सम्बन्धमा अधिकृत स्तर दशौं तहमा त्यहाँ कम्पनीमा कार्यरत कर्मचारी प्रशासन विभागका प्रमुख डिल्लीराम लम्सालले तपसिल बमोजिमका गैर कानूनी कार्यहरु गरी राज्यलाई नोक्सानी पुर्याई भ्रष्टाचार गरेको भनि यस केन्द्रमा परेको उजुरीको सम्बन्धमा के कसो भएको हो ? पुष्टी हुने कागजात सहित १५ दिन भित्र तहाँ कंम्पनीको राय प्रतिकृया पठाई छानविन कार्यमा सहयोग पुर्याउनु हुन अनुरोध छ ।’

    सतर्कता केन्द्रले पठाएको उक्त पत्रमा लम्साल धनगढीमा रहँदा कती धान कुन मिलमा कुटानी पिसानी भयो साथै कतिमा किनी कतिमा बेचिएको अथवा सो समयमा भएका विल भरपाईहरु साथै आ.व. २०७३/०७४ र आ.व. २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपी समेत पठाउन माग गरिएको छ ।

    राष्ट्रिय सर्तकर्ता केन्द्रले पदीय दायित्व निर्वाहा गर्ने नसकेको भन्दै चार वटा विषयमा केन्द्रित भएर छानविन गरि रहेकोमा बैशाख २१ गते फेरि अर्को ताकेता पत्र पठाइ छानविनको लागि थप कागजात मगाएको छ । स्रोतका अनुसार सतर्कता केन्द्रले छानविन सकेर लम्सालले भ्रष्ट्राचारको गरेको यथेष्ट प्रमाण पुगेको भन्दै विस्तृत छानविनको लागि अख्तियारलाई फाईल पठाउने तयारी गरेको छ ।

    खाद्यको प्रमुखका लागि १८ जनाले आवेदन दिएको भएपनि सरकारले भ्रष्टाचारले गन्हाएका लम्साल जस्ता व्यक्तिलाई कम्पनी प्रमुख बनाउने लागेकोप्रति खाद्यकै कर्मचारीहरु खुसी छैनन् । राज्यलाई करोडौं नोक्सानी पुर्याई अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका लम्साललाई प्रमुख बनाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि प्रधानमन्त्री भएका बेला बनाएको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ कसरी लागू होला भन्ने प्रश्न खडा भएको छ ।

    पटक–पटक विवादमा परेका र अकुत सम्पत्ति आर्जन गरेका लम्साललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पुरस्कृत गर्छन् वा सक्षमलाई नेतृत्व दिन्छन् त्यो भने पर्खाइको विषय बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार