Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राजनीतिक अवस्था सहज हुनासाथ बंगलादेशसँग विद्युत् व्यापार सम्झौता हुन्छ : कुलमान घिसिङ

राजनीतिक अवस्था सहज हुनासाथ बंगलादेशसँग विद्युत् व्यापार सम्झौता हुन्छ : कुलमान घिसिङ

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यही वर्षदेखि बंगलादेशमा बिजुली विक्री थालिने बताएका छन् ।

आफ्नो दोस्रो कार्यकाल तीन वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन्।

निर्देशक घिसिङले बंगलादेशको राजनीतिक अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता हुने बताए।

राजनीतिक परिवर्तनसँगै शेख हसिनाको सत्ता बहिर्गमनपछि केही अन्योलता भए पनि छिट्टै अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता हुने उनको भनाई छ ।

निर्देशक घिसिङले भने,‘नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बङ्गलादेश पनि निर्यात हुँदैछ । यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरूबिच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ । बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिएता पनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत् निर्यात सुरु हुने विश्वास लिएका छौँ ।’

घिसिङले भारतको बाटो हुँदै बंगलादेशमा यही वर्षदेखि बिजुली पठाइने बताए ।

निर्देशक घिसिङले विद्युत उत्पादन, प्रसार र वितरणमा ८ वर्षमा एक खर्ब रुपैयाँ लगानी भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077