Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामा १५०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

तोलामा १५०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । साताको अन्तिम दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार प्रतितोला १६ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077