Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अर्थमन्त्री पौडेलको निर्देशन - प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्नू

अर्थमन्त्री पौडेलको निर्देशन - प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्नू

बिहिवार , श्रावण २४, २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको प्राथमिकता निर्धारण गरेर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग बिहीबार अर्थ मन्त्रालयमा भएको छुट्टा–छुट्टै छलफलमा अर्थमन्त्री पौडेलले सो निर्देशन दिएका हुन् ।

उनले सम्बन्धित राष्ट्रिय गौरवका आयोजना र अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकता दिएर बजेट कार्यान्वयन गर्न निर्देशन दिए ।

यसैगरी राम्रो प्रतिफल दिने, सङ्घीय सरकारको कार्यक्षेत्र अन्तर्गतका र निर्माणाधीन आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिँदै उनले अध्ययन गरेर प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077