चितवन । चितवन मेडिकल कलेजमा उपचाररत मिर्गौलाको समस्याबाट पीडित कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको चितवन मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । कोरोना संक्रमण पुष्टि उनको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो ।
श्वासप्रश्वासका साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले उनको डाइलायसिस पनि गरिएको थियो । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
Leave a Reply