चितवनमा। चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कालिका नगरपालिका– ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ वस्ने २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएका उनीहरु दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ल्याउने तयारी भइरहेको छ ।
सोमबार एकैदिन चितवनका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबैको अहिले कोरोना अस्पतालमा उपचार भइरहेको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका एक जनाको मृत्यु भइसकेको छ ।
भरतपुरमा गरिएको परीक्षणमा गैंडाकोटका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
Leave a Reply