काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कोरोना संक्रमण मुक्त भएका छन् । पूर्व कप्तान खड्का काेराेना संक्रमण भएकाे २५ दिनपछि संक्रमण मुक्त भएका हुन् ।
पारसले सोमबार पीसीआर परिक्षण रिपोर्ट निगेटिभ आएको जानकारी दिएका हुन् । उनी घरमै आइसोलेसनमा बसेका थिए ।
कोरोना पोजेटिभ भएसँगै पारसले चितवनमा भएको गौतम बुद्ध कप गुमाएका थिए । अब यस सिजनमा टिम आबु धाबीका लागि इमर्जिंग ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् ।
यस सिजनामा नेपाली तीन खेलाडी करण केसी, सोमपाल कामी र कुशल मल्ल पनि खेल्ने भएका छन् ।
https://www.facebook.com/official.ParasKhadka/posts/250366629779565
Leave a Reply