Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

    क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 3K
    SHARES

    एजेन्सी । क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ ।

    पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड समेत रहेका रोनाल्डोलाई मंगलबार कोरोना संक्रमण भएको हाे ।



    यूईएफए नेसन्स लिग तथा मैत्रीपूर्ण खेलका लागि हाल राष्ट्रिय टोलीको साथमा रहेका रोनाल्डोलाई संक्रमण देखिएको पोर्चुगिज फुटबल महासंघले मंगलबार पुष्टि गरेको छ । यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विडेनको सामना गर्ने तयारी गरिरहेको पोर्चुगलको टोलीका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन ।



    रोनाल्डोको कोरोना परिक्षण नतिजा पोजेटिभ आएपनि हालसम्म उनलाई कुनै लक्षण नदेखिएको महासंघले जनाएको छ । रोनाल्डोलाई सेल्फ आइसोलेसनमा बस्नका लागि घर पठाइएको छ ।

    रोनाल्डोले आइतबार मात्र फ्रान्सविरुद्ध गोलरहित बराबरी भएको खेलमा खेलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार