ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण

ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण

अनलाइन नेपाल
  • बुधबार, मंसिर १० २०७७

  • 3.9K
    SHARES

  • ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    उनले आफूलाई कोभिड-१९ पोजिटिभ देखिएको बुधबार साँझ सामाजिक सञ्चाल मार्फत जानकारी दिएका हुन् ।

    कप्तान मल्लले आफू कोरोना संक्रमण भएपनि हालसम्म कुनै लक्षण नदेखिएको र आफूसँग केही दिनयता सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउनसमेत आग्रह गरेका छन् ।

    कोरोना महामारीलाई सामान्य रुपमा नलिन आग्रह मल्ले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार