Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सिटीका मिडफिल्डर गुन्डोगानलाई कोरोना संक्रमण, दुई साता आइसोलेसनमा

    सिटीका मिडफिल्डर गुन्डोगानलाई कोरोना संक्रमण, दुई साता आइसोलेसनमा

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 2.7K
    SHARES

    एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका जर्मन मिडफिल्डर इल्के गुन्डोगानलाई कोरोना संक्रमण पुष्टि भएको छ । म्यानचेस्टर सिटीले आफ्नो मिडफिल्डर गुन्डोगानलाई कोरोना पुष्टि भएको जनाएको छ ।

    क्लबले परिक्षण गर्दा गुन्डोगानलाई कोरोना पुष्टि भएपछि १० दिनको सेल्फ आइसोलेसन बसाईमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । सिटीका विंगर रियाद महारेज र डिफेन्डर एमेरिक लापोर्टे कोरोनामुक्त हुदै प्रशिक्षणमा फर्किसकेका छन् ।



    यससँगै २९ वर्षीय गुन्डोगान दुई साता आइसोलेसनमा बस्नुपर्नेभएपछि सोमबार राति हुने वल्भ्सविरुद्धको खेलसहित अन्य खेलहरु पनि गुमाउने भएका छन् ।



    सिटीले बिहीबार कारबाओ कपमा बर्नमाउथ र आइतबार प्रिमियर लिगमा लेस्टर सिटीसँग खेल्ने तालिका छ । यि दुवै खेल गुन्डोगानले गुमाउने छन् । सिटीले गुन्डोगानको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार