काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफूलाई कोभिड-१९ पोजिटिभ देखिएको बुधबार साँझ सामाजिक सञ्चाल मार्फत जानकारी दिएका हुन् ।
कप्तान मल्लले आफू कोरोना संक्रमण भएपनि हालसम्म कुनै लक्षण नदेखिएको र आफूसँग केही दिनयता सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउनसमेत आग्रह गरेका छन् ।
कोरोना महामारीलाई सामान्य रुपमा नलिन आग्रह मल्ले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।
Leave a Reply