Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

रविको निर्देशनमा सारियो रास्वपाको महाधिवेशनस्थल, अब भरतपुरमा हुने

रविको निर्देशनमा सारियो रास्वपाको महाधिवेशनस्थल, अब भरतपुरमा हुने

मंगलवार , आषाढ २, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवनको भरतपुरमा हुने भएको छ । चर्को गर्मी र सम्भावित वर्षालाई ध्यानमा राख्दै महाधिवेशन स्थल परिवर्तन गरिएको हो ।

यसअघि रत्ननगरस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी भए पनि पार्टी सभापति रवि लामिछानेको निर्देशनपछि कार्यक्रम स्थल परिवर्तन गरिएको हो।

महाधिवेशन असार ७ देखि ९ गतेसम्म सञ्चालन हुनेछ। पार्टीका केन्द्रीय सदस्य तथा आवास–भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार उद्घाटन समारोह भरतपुरको गेष्टहाउस चौरमा आयोजना गरिनेछ भने बन्द सत्र उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ।

त्यस्तै, पार्किङ व्यवस्थापनका लागि केन्द्रीय बस टर्मिनललाई तोकिएको छ। गौतमका अनुसार मौसमीय चुनौतीलाई ध्यानमा राख्दै स्थल परिवर्तन गरिएको हो। 

रास्वपा चितवनका सभापति मिनिमाधव खनालका अनुसार स्थानीय स्तरमा भएको बैठकपछि केन्द्रलाई स्थान परिवर्तनको सुझाव पठाइएको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077