Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नयाँ पार्टी गठनको तयारीमा धवलशमशेर, नेतृत्व दुर्गा प्रसाईंले गर्ने

नयाँ पार्टी गठनको तयारीमा धवलशमशेर, नेतृत्व दुर्गा प्रसाईंले गर्ने

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई संस्थागत गर्न नयाँ राष्ट्रवादी पार्टी गठन गर्न लागेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’ मा बोल्दै उनले उक्त नयाँ राजनीतिक शक्तिले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको एजेण्डालाई मुख्य आधार बनाउने स्पष्ट पारेका छन् ।

नेता राणाका अनुसार नयाँ पार्टीको नेतृत्वमा राजा र हिन्दु राष्ट्रको एजेण्डालाई देशव्यापी रूपमा स्थापित गर्न सक्रिय रहेका दुर्गा प्रसाई रहने छन् । उनले प्रसाईलाई निमुखा जनताको नेता र देशव्यापी पहिचान बनाइसकेको ब्रान्ड का रूपमा प्रस्तुत गर्दै पार्टी नेतृत्वमा उनको भूमिका रहने बताएका छन् ।

राणाले भने- 'राजसंस्था र हिन्दु राज्यको एजेण्डालाई रेस्क्यू गर्नुपर्छ। सबै राष्ट्रवादी, राजावादी शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने आवश्यकता छ। यही उद्देश्यका साथ हामीले दुर्गा प्रसाईलाई अघि सारेर नयाँ राजनीतिक अभियान अघि बढाइरहेका छौँ ।'

ययसैबीच दल निर्माणका लागि गठन गरिएका ३१ वटा विभाग प्रमुखहरूलाई आइतबार काठमाडौंमा आयोतिज एक कार्यक्रममा जिम्मेवारी हस्तान्तरण गरिएको छ । राणा र प्रसाईंले संयुक्त रुपमा जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

नयाँ पार्टी गठन गर्न भन्दै केही दिनअघि राप्रपा महामन्त्री धवलशमेर राणा लगायतले पार्टी छाडेका थिए । त्यसपछि दुर्गा प्रसाईंको समूह राणाको समूहसँग मिलेका हुन् ।

यससँगै राणाले दुर्गा प्रसाईंसँग आफ्नो एकता हिन्दू राज्यसहित राजसंस्था पुनर्स्थापना नहुँदासम्म नटुट्ने बताएका छन् ।

आफूले अहिलेसम्म राजनीतिक जीवनमा कसैलाई पनि धोका नदिएको र प्रसाईंलाई पनि नदिने उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077